२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन पूर्वराजाले खेलेको भूमिकालाई नबिर्सन अध्यक्ष लिङदेनको सुझाव

बुधवार , श्रावण ३०, २०८१

  • 607
    Shares
  • 607
    Shares
  • काठमाडौं, ३० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन पूर्वराजाले खेलेको भूमिकालाई नविर्सन सुझाव दिएका छन् ।

    बुधबार प्रतिनिधिसभा बैठकमा लिङदेनले द्वन्द्व सम्झौताबाट टुंगिएको र सम्झौताको एउटा पक्ष पूर्वराजाहरु भएकाले उनीहरुको भूमिकालाई बिर्सन नहुने बताएका हुन् ।

    शान्ति प्रक्रियामा सहयोग पु¥याएवापत पूर्वराजा ज्ञानेन्द्र शाहलाई नोबेल शान्ति पुरस्कारका लागि दलहरुले सिफारिस गर्नुपर्ने उनले बताए ।

    त्यस्तै उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुराएसंगै देशमा फेरि कहिल्यै द्वन्द्व दोहरिन दिन नहुने धारणा राखे । हिंसा जुनसुकै अवस्थामा पनि दण्डित हुन्छ भन्ने स्थापीत गर्नुपर्ने भन्दै उहाले सवै मिलेर शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउनुपर्ने बताए ।

    अहिले संक्रमणकालीन न्यायसंग सम्बन्धीत विधेयकलाई समर्थन गरेपनि यसका प्रक्रियालाई नियालिरहने उनले बताए ।