२०८२, आश्विन २५ गते

Oct 11 2025 | २०८२, आश्विन २५ गते

भारतको खुद्रा मुद्रास्फीति जुलाईमा ३.५४ प्रतिशतमा घट्यो

बुधवार , श्रावण ३०, २०८१

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाण्डाै‌ । भारतको खुद्रा मुद्रास्फीति जुलाईमा ३.५४ प्रतिशतमा घटेको छ ।

    सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार जुलाईमा उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मा आधारित मुद्रास्फीति ३ दशमलव ५४ प्रतिशत रहेको छ । जुनमा सीपीआई ५.०८ प्रतिशत थियो ।

    खाद्य मुद्रास्फीति जुनमा ९.३६ प्रतिशतको तुलनामा जुलाईमा ५.४२ प्रतिशतमा झरेको तथ्यांकले देखाएको छ । अधिकारीहरूका अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालय (एनएसओ) को फिल्ड अपरेसन डिभिजनका फिल्ड कर्मचारीहरूले व्यक्तिगत भ्रमणहरूमार्फत सबै राज्यहरू समेट्ने १ हजार ११४ शहरी बजारहरू र १ हजार १८१ गाउँहरूबाट मूल्य तथ्याङ्कहरू सङ्कलन गरिएको छ ।