२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

कांग्रेसले नाम दिनेबित्तिकै कोशी सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की

सोमवार , श्रावण २८, २०८१

  • 499
    Shares
  • 499
    Shares
  • विराटनगर, २८ साउन ।

    कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपाली कांग्रेसले नाम दिनेबित्तिकै कोशी प्रदेश सरकार विस्तार गरिने बताएका छन् ।

    आइतबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा संसदीय पत्रकार मञ्च कोशीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेश मन्त्रालयहरुको संख्या ९ बाट नबढाइने समेत बताए । 

    उनले प्रदेश संरचनालाई स्थापित गर्ने र प्रदेश चाहिन्छ भन्ने मान्यताप्रति विश्वास दिलाउने गरी प्रदेश सरकारले काम गरिरहेको जानकारी दिए । 

    प्रदेश सरकारले चालू आर्थिक वर्षमा चिया सम्मेलन, पर्यटन सम्मेलन र लगानी सम्मेलन आयोजना गरेर प्रदेशको आर्थिक गतिविधि बढाउने गरी कार्यक्रम ल्याउन लागेको उनले बताए ।

    मुख्यमन्त्री कार्कीले एक साताभित्र प्रदेश सभाको बैठक आव्हान गरिने बताउँदै दशैं अगाडिसम्म ६÷७ वटा विधेयकहरु पारित गर्ने योजना रहेको जानकारी दिए ।