२०८२, आश्विन २५ गते

Oct 11 2025 | २०८२, आश्विन २५ गते

विभिन्न पार्टीबाट आएका नेताहरुलाई जिम्मेवारीबिहीन बनाइँदैन : अध्यक्ष प्रचण्ड

आइतवार , श्रावण २७, २०८१

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाडौं, २७ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न पार्टीबाट आएका नेताहरुलाई  जिम्मेवारीबिहीन नवनाइने बताएका छन् । 

    आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले माओवादी पार्टी प्रवेश गरेकाले जिम्मेवारी नपाएको गुनासो गरेकाले उनीहरुलाई जिम्मेवारी बिहिन नवनाइने बताएका हुन् । उनले प्रदेश र स्थानीय तहमा पनि माओवादीमा समावेश भएकालाई उचित जिम्मेवारी दिन निर्देशन दिए । अहिले माओवादीमा प्रवेश गर्नेको देशैभरीबाट लहर चलेको उनले बताए । 

    कार्यक्रममा बिभिन्न पार्टीबाट आएका नेता कार्यकर्तालाई प्रचण्डले माओवादी प्रवेश गराएका थिए ।