२०८३, भाद्र १३ गते

Aug 29 2026 | २०८३, भाद्र १३ गते

अहिलेको सरकारलाई काम नगर्ने छुट छैन : उपप्रधानमन्त्री सिंह

शनिवार , श्रावण २६, २०८१

  • 628
    Shares
  • 628
    Shares
  • काठमाडौं, २६ साउन ।
    उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले अहिलकोे सरकारले जनतामा देखिएको निराशालाई अन्त्य गर्ने दावी गरेका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर ११ द्वारा आयोजित बधाइ तथा सम्मान कार्यक्रममा सिंहले पटकपटक सरकार परिवर्तन हुँदा जनतामा निराशा छाएको भन्दै त्यसलाई अन्त्य गर्नका लागि ठूला दुई दल मिलेर सरकार बनाएको बताएका हुन् ।

    जनमतको उपेक्षा गर्दै केही दलहरूले निराशा र अस्थिरता बढाउने गरी भ्रम छर्ने काम भएकाले पनि ठूला दल एक हुनुपरेको उनको भनाइ छ । उनले राजनीति निकास र आर्थिक विकासका लागि सरकारले काम गर्ने बताए । उनले अहिलेको सरकारलाई काम नगर्ने छुट नरहेको जिकिर गरे ।