२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

एमालेको उपाध्यक्षमा गुरु बराल मनोनित

बिहिवार , श्रावण १७, २०८१

  • 646
    Shares
  • 646
    Shares
  • काठमाडौं, १७ साउन ।

    नेकपा (एमाले) ले गुरु बराललाई पार्टीको उपाध्यक्ष पदमा मनोनित गरेको छ । बिहीबार काठमाडौंमा बसेको एमाले सचिवालय बैठकले रिक्त उपाध्यक्षमा स्थायी कमिटी सदस्य बराललाई मनोनित गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

    त्यस्तै बैठकले मुकुन्द न्यौपाने र मधेश प्रदेशका पोलिटब्यूरो सदस्य रहेका लीलानाथ श्रेष्ठलाई स्थायी कमिटी सदस्यमा मनोनित गर्ने निर्णय गरेको उनले बताए ।

    त्यस्तै १७ जना नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको उनले बताए । बैठकले विभिन्न आयोगमा सदस्य मनोनयन समेत गरिएको महासचिव पोखरेलले जानकारी दिए ।

    बैठकले प्रदेशको इन्चार्जहरुको जिम्मेवारी हेरफेर समेत गरेको छ ।