२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

आगामी निर्वाचन एक्लै लड्ने माओवादी केन्द्रको निष्कर्ष

मंगलवार , श्रावण १५, २०८१

  • 835
    Shares
  • 835
    Shares
  • काठमाडौं, १५ साउन ।

    नेकपा (माओवादी केन्द्र) ले पार्टी पुर्नजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाडाँमा मंगलबार बसेको माओवादी पदाधिकारी बैठकले गाँउस्तरदेखि नै पार्टी पुर्नजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । 

    माओवादी प्रवक्ता अग्नि सापकोटाले सरकारबाट बाहिरिएसँगै जनतामा जाने र पार्टी संगठनलाई बलियो बनाउने अवसर प्राप्त भएकाले पार्टी पुर्नजागरण अभियान सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए । 

    पार्टी पुर्नजागरण अभियानलाई प्रभावकारी बनाउनका लागि कार्ययोजना बनाउन आगामी साउन २५ गते पार्टी स्थायी कमिटी बैठक बोलाइएको जानकारी दिदै प्रवक्ता सापकोटाले त्यसपछि बस्ने केन्द्रीय कमिटीले अन्तिम रुप दिने बताए । उनले गठबन्धनमार्फत निर्वाचनमा जाँदा पार्टीको एजेण्डा जनतामा पुर्याउन नसकिएकाले आगामी निर्वाचनमा एक्लै लड्ने निष्कर्ष निकालिएको जानकारी दिए ।

    बैठकले सदनमा प्रतिपक्षीको भूमिकालाई शसक्त बनाउदै भ्रष्टाचार नियन्त्रणका साथै सुशासन कायम गर्न सरकारलाई दबाब दिने निर्णय गरिएको उनले बताए ।

    त्यस्तै पदाधिकारी बैठकले सवै कम्युनिष्टहरुसँग ध्रुविकरणको प्रयास गर्ने र अग्रगामी शक्तिहरुको मोर्चा बनाउनका लागि पहल गर्ने निर्णय गरेको प्रवक्ता सापकोटाले बताए ।