
मंगलवार , श्रावण १५, २०८१
काठमाडौं, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार दुईबर्ष ढुक्क चल्ने बताएका छन् ।
मंगलबार सिंहदरबारमा मन्त्रालयगत कामका प्रगति र भावी योजनाका सम्बन्धमा सङ्घीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदै उहाले अहिलेको सरकार स्थीरता भएको सरकार भएको भन्दै दुईबर्ष ढुक्क चल्ने बताएका हुन् । त्यसपछि आफुले सरकारको नेतृत्वको कांग्रेसलाई हस्तान्तरण गर्ने उनले स्पष्ट पारे । धोका खाएकाले बदला लिनका लागि नभइ अहिले देश बनाउनका लागि ठूला दल एक भएर सरकार बनाउनुपरेको उनले बताए ।
उनले शान्ति, भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गर्ने, जनतालाई सहज रुपमा सेवा प्रवाह गर्दै देशको बिकासका लागि सरकार बनेको धारणा राखे । देशका लागि केहि गर्रौ भन्ने उदेश्यका साथ सरकार बनेको भन्दै उनले कसैको व्यक्तिगत स्वार्थका आधारमा अघि नबढ्ने उल्लेख गरे । सरकारका रहेका निकायको कामको मूल्याङ्कन पूर्वाग्रहका आधारमा नहुने उनले बताए ।
उनले काम गर्नका लागि सहजता प्रदान गर्नका लागि मन्त्रिपरिषद्ले कर्मचारीहरुको सरुवा गरेको दावी गरे । प्रधानमन्त्री ओलीले सरकारले देश र जनताका लागि काम गर्ने भन्दै भविष्यमा कुनै घटना हुन्छ की भन्ने भयका साथ फाइलमा हस्ताक्षर नगर्ने कामलाई अन्त्य गर्न पनि आग्रह गरे । उनले राम्रा कामको संरक्षण सरकारले गर्ने बताए ।
नेपाली जनताको जायज आवश्यकताहरुको सहज परिपूर्ति पुरा गर्नुपर्ने भएकाले निरपेक्ष गरिवीको रेखामुनी रहेका २० प्रतिशत जनतालाई त्यसबाट मुक्त गर्नुपर्ने प्रधानमन्त्री ओलीले बताए । उनले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यलाई पुरा गरेरै छाड्ने प्रतिवद्धता जनाए ।
उनले गन्तव्य पहिचान गरि स्पष्ट उदेश्यका साथ कार्यतालिका बनाइ प्रभावकारी रुपमा काम गर्न निर्देशन दिए । प्रधानमन्त्री ओलीले कुनै पनि काम गर्दा ढिलासुस्ती नगर्न, कामको दोहोरोपना हटाउन र समन्वयात्मक ढंगले काम गर्न पनि निर्देशन दिए । उनले सरकारी तलव बुझ्ने कर्मचारीले बैठकका नाममा भत्ता लिने प्रवृतिको अन्त्य गर्नुपर्ने बताए । त्यस्तै प्रधानमन्त्रीले सरकारप्रति जनताको निराशा उत्पन्न हुने स्थीतिलाई गम्भीर रुपमा लिन समेत निर्देशन दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij