२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

समाजमा साँस्कृतिक क्रान्तिको आवश्यकता : मन्त्री गुरुङ

मंगलवार , श्रावण १५, २०८१

  • 361
    Shares
  • 361
    Shares
  • काठमाडौं, १५ साउन ।
    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बोक्सी प्रथा संघीय लोकतान्त्रिक गणतन्त्रको लागि ठूलो चुनौतिको रुपमा रहिरहेको बताएका छन् ।

    मंगलबार काठमाडौंमा आयोजित चलचित्र अग्निदहनको पोस्टर सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले राजनीतिक, आर्थिक क्रान्तिसँगै अब समाजमा साँस्कृतिक क्रान्तिको आवश्यकता रहेको बताए । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण अभियानले सरकारले गर्नुपर्ने भन्दा पनि महत्वपूर्ण काम गरिरहेको भन्दै मन्त्री गुरुङले बताए ।

    मन्त्री गुरुङले बोक्सी प्रथासँगै हली, छोउपडी, हरुवा चरुवालगायतका प्रथाहरु अहिले पनि रहेको उल्लेख गरे । समाजमा देखिएका सामन्तवादको अवशेषलाई सबै मिलेर अन्त्य गर्नुपर्नेमा उनले जोड दिए ।

    समाजमा रहेको कुप्रथाहरुलाई अन्य गर्ने अभियानमा सबै सचेत वर्गहरु लाग्नुपर्ने उनको भनाइ छ । उनले मान्छे बोक्सी हुन्न कहिल्यै जागरण अभियानका  लागि नेपाल सरकारको पनि सहभागीता र समर्थन रहने बताए ।