२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

लोकतन्त्रलाई बलियो बनाउन एमाले–कांग्रेस मिल्नुपर्‍यो : शंकर पोखरेल

मंगलवार , श्रावण १५, २०८१

  • 664
    Shares
  • 664
    Shares
  • रुपन्देही, १५ साउन । 
    नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकतन्त्रलाई बलियो बनाउन एमाले र नेपाली कांग्रेस मिल्नुपरेको दावी गरेका छन् । उनले राजनीतिक अस्थिरताका कारण लोकतन्त्रमाथि नै प्रश्न उठ्न थालेकोले एमाले–कांग्रेस मिल्नुपरेको दावी गरे ।

    प्रेस चौतारी नेपाल दाङले मंगलबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले महासचिव पोखरेलले लोकतन्त्रको स्थायीत्वका लागि एमाले-कांग्रेसबीच सत्ता सहकार्य भएको बताए ।

    उनले राष्ट्रिय दल बन्न ३ प्रतिशत मात्रै थ्रेसहोल्ड मत आवश्यक पर्ने संवैधानिक व्यवस्था भएकाले राजनीतिक अस्थिरता बढेको बताए । उनले भने, ‘थ्रेसहोल्डको प्रतिशत बढाउन संविधान संशोधन गरिनेछ । सरकार बनाउँदा साना दलले गर्ने बार्गेनिङका कारण सरकार अस्थिर हुने भएकाले त्यसको अन्त्य गर्ने अभियानमा एमाले हिँडेको छ ।’

    लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका पोखरेलले वामपन्थीहरूको बीचमा एकताको कथा असफल भइसकेकाले पुरानै बाटोबाट अघि बढ्न नसक्ने बताए । उनले