२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

भ्रष्टाचारका फाइल बन्द गर्न नयाँ गठबन्धन बनेको हो : सांसद मोदी

सोमवार , श्रावण १४, २०८१

  • 472
    Shares
  • 472
    Shares
  • काठमाडौं, १४ साउन । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले भ्रष्टाचारसम्बन्धी फाइल बन्द गर्न नयाँ गठबन्धन बनेको आरोप लगाएका छन् ।

    सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै मोदीले वर्तमान सरकार गठन हुनेबितिकै देखिएका गतिविधिले भ्रष्टाचारसम्बन्धी फाइल बन्द गर्न नयाँ गठबन्धन बनेको देखिएको बताएका हुन् ।

    मोदीले भ्रष्टाचारका बिभिन्न प्रकरणलाई अहिलेको गृहमन्त्रीले निरन्तरता दिनुहुन्छ की हुन्न भन्ने हेर्न बाँकी रहेको उल्लेख गरे ।

    उनले भ्रष्टाचार र सुशासनका लागि आफ्नो पार्टी निरन्तर लाग्ने समेत बताए ।  त्यस्तै मोदीले ठूलो संघर्ष र बलिदानबाट नयाँ संविधान बनेको भन्दै कुनै अमुक पार्टीले संशोधन गर्न खोजे प्रतिरोध गर्ने चेतावनी दिए ।

    उनले जनताको चाहाना, इच्छा र अधिकारलाई कसैले मार्न नपाइने बताए ।