२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

जिल्ला अध्यक्षहरूको भेला गर्दै राप्रपा

सोमवार , श्रावण १४, २०८१

  • 574
    Shares
  • 574
    Shares
  • काठमाडौं, १४ साउन । 
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ७७ वटै जिल्ला अध्यक्षहरूको भेला गर्ने भएको छ । साउन १७ र १८ गते काठमाडौंमा भेला गर्न लागिएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताए । प्रवक्ता श्रेष्ठका अनुसार भेलामा सहभागी हुन विभिन्न जिल्लाका अध्यक्ष काठमाडौं आउने क्रम सुरू भएको छ ।

    \भेलाको राप्रपा अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले धुम्बाराहीस्थित एस आर बैंक्वेटमा उद्घाटन गर्नेछन् । उनका अनुसार भेलामा ७७ वटै जिल्लाका अध्यक्षहरूले आफ्नो जिल्लाको सांगठनिक प्रतिवेदन पेश गर्ने र पार्टीको समग्र सांगठनिक अवस्थाको गम्भीर समीक्षा पनि हुनेछ ।