२०८३, आषाढ १५ गते

Jun 29 2026 | २०८३, आषाढ १५ गते

एकवर्षे बी.एड.सहित विभिन्न संकायको पठनपाठनको व्यवस्था मिलाउन माग

सोमवार , श्रावण १४, २०८१

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा, १४ साउन ।

    लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसमा एकवर्षे बी.एड., बी.एड.कम्प्युटर साईन्ससहित विभिन्न संकायको पठनपाठनका व्यवस्था मिलाउन स्थानीयले माग गरेका छन् ।

    आइतबार विश्वविद्यालयका डीन हरिशरण चोखु र क्याम्पस प्रमुख नीर गुरुङलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरिएको युवा समाजसेवी सन्दिप गुप्ताले बताए ।

    ‘नयाँ विद्यार्थी भर्नाको लागि स्थानीय विद्यार्थीहरुको मागअनुसार थप विषयहरु थप्नुपर्छ भन्ने हाम्रो माग हो, यसतर्फ संघीय सांसद् बासुदेव घिमिरे तथा प्रदेश सभा सांसद् तथा पूर्वमन्त्री चन्द्रकेश गुप्ता (सि.के.)को पनि ध्यानाकर्षण होस्, ’गुप्ताले भने । ज्ञापनपत्र बुझाउन गुप्ता, युवा अभियन्ता कसिम खानलगायत स्थानीय विश्वविद्यालय पुगेका थिए ।

    gyapan.jpeg