२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

हरेक वर्ष एकहजार विरुवा रोप्दै शाइन रेसुंगा बैंक

सोमवार , श्रावण १४, २०८१

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • रुपन्देही, १४ साउन ।

    जलवायू परिवर्तनबाट हुने प्रतिकूल असरहरु न्यूनीकरण र वातावरण संरक्षणका लागि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ‘ग्रो ग्रीन प्रोजेक्ट’ लाई विगत ४ वर्षदेखि निरन्तरता दिएको छ ।

    बैंकको १४ औं वार्षिकोत्सवमा १४ हजार विरुवा रोपेर ‘ग्रो ग्रीन प्रोजेक्ट’ सुरु गरेको बैंकले त्यस यताका वर्षहरुमा हरेक वर्ष एक हजारका दरले विरुवा रोप्दै आएको छ । यो वर्ष पनि बैंकले एक हजार विरुवा रोप्ने अभियान सुरु गरेको छ । जसअनुसार भैरहवा क्लस्टर अन्तर्गत रहेको सुर्यपुरा शाखाको आयोजना तथा सातवटा शाखाको संयुक्त सहकार्यमा गैडहवा गाउँपालिका वडा नम्बर ७ मा रहेका जनकल्याण माध्यमिक विद्यालप र तिलेश्वर्य प्राथमिक विद्यालय परिसरमा विभिन्न प्रजातिका सयवटा भन्दा बढी बोटविरुवा रोपेको छ ।

    उक्त कार्यक्रममा बैंकका मानव संशाधन हेड तथा ब्राण्ड स्ट्राटेजी अफिसर प्रभास राईले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गर्ने सामाजिक काम र खर्चलाई विश्वकै चुनौति बनेको वातावरण संरक्षणमा लगानी गरिरहेको बताए ।

    हरेक वर्ष एक हजारका दरले विरुवा रोप्दै हालसम्म बैंकले १६ हजार विरुवा वृक्षारोपण गरिसकेको र यो बर्ष थप एकहजार वृक्षारोपण गरी १७ हजार पुर्याउने उनले बताए । रोपिएका विरुवाको संरक्षणमा ध्यान दिन राईले विद्यालयहरुलाई अनुरोध गरे ।

    कार्यक्रममा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक भैरहवा क्लस्टर प्रमुख सतिश कुमार द्विवेदी, सुर्यपुरा शाखा प्रमुख दिनेश थारु, छपिया शाखा प्रमुख राजु शर्मा, तौलिहवा शाखा प्रमुख अब्दुल कादिर हलवाई विद्यालयका प्रधानाध्यापक संजय कुमार यादव, हरिश कोहार, युवा समाजसेवी सन्दिप गुप्ता लगायतले वातावरण संरक्षणका लागि शाइन रेसुंगा बैंकले थालेको यो अभियान अरुले पनि अनुशरण गर्नुपर्ने धारणा राखे ।