२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

खबरपात्रो डटकमका समाचार सम्पादक गुप्तालाई ‘रोटरी पत्रकारिता पुरस्कार’

शनिवार , श्रावण १२, २०८१

भैरहवा, १२ साउन ।
रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले पत्रकार रबिन्द्र प्रताप गुप्तालाई ‘रोटरी पत्रकारिता पुरस्कार’ बाट सम्मानित गरेको छ । खबरपात्रो मिडिया प्रा.लि.द्वारा प्रकाशित खबरपात्रो डटकमका समाचार सम्पादक गुप्तालाई क्लबले नगद ११ हजार रुपैयाँसहित सम्मान गरेको हो । 

शुक्रबार भैरहवामा आयोजित क्लबको २९ औं पदस्थापन समारोहमा उनलाई रोटरी डिष्ट्रिक गभर्नर राजेन्द्र मान शेरचन, रोटरी लुम्बिनी सिद्धार्थनगर वर्ष २०२३/०२४ का अध्यक्ष नारायण प्रसाद भण्डारी, सचिव सरिता लगायतले सम्मान गरेका हुन् ।

क्लबको गतिविधिलाई जनतामाझ पुर्याउन समाचार सम्प्रेषण गरी योगदान पुर्याउनुभएका पत्रकार गुप्तालाई सम्मान गरिएको रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर वर्ष २०२३/०२४ का अध्यक्ष भण्डारीले बताए ।

विगत १ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार गुप्ता खबरपात्रो डटकमसहित गौतमबुद्ध सन्देश दैनिक, बुद्ध सामूदायिक टेलिभिजन र स्पेस फोर के टेलिभिजनमा आबद्ध छन् । उनी लुम्बिनी प्रेस क्लबको कार्यसमिति सदस्य, प्रेस चौतारी नेपाल रुपन्देहीका सह–सचिव र मधेशी पत्रकार समाज रुपन्देहीको कोषाध्यक्ष हुन् ।