२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

अपूर्व गेमिङ्ग जोन प्रा.लि.द्वारा रक्तदान, ४४ यूनिट रगत संकलन

शनिवार , श्रावण १२, २०८१

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, १२ साउन । 
    अपूर्व गेमिङ्ग जोन प्रा.लि. द्वारा सञ्चालित ग्याम्बलिङ ग्यालेक्सी क्यासिनोले शनिबार भैरहवामा बृहत रक्तदान कार्यक्रम गरेको छ । 

    आफ्नो दोस्रो वार्षिकोत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत प्रा.लि. गरेको कार्यक्रममा ४४ यूनिट रगत संकलन भएको सञ्चालक कैलाश गुप्ताले बताए । नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखा रक्त सञ्चार सेवा एकाई भैरहवाको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो ।

    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष सोम बहादुर गुरुङले अपूर्व गेमिङ्ग जोन प्रा.लि. द्वारा सञ्चालित ग्याम्बलिङ ग्यालेक्सी क्यासिनोले सामाजिक कार्य अघि बढाएको भन्दै खुसी व्यक्त गरे । उनले रगतले बिरामीको ज्यान बचाउने भएकाले रक्तदानको विशेष महत्व रहेको बताए । उनले आगामी दिनमा पनि यो कार्यलाई निरन्तरता दिन आग्रह गरे ।

    क्यासिनोका सञ्चालक अमित कुमार गुप्ताले पर्यटन क्षेत्रमा अघि बढेको ग्याम्बलिङ ग्यालेक्सीको दोस्रो वार्षिकोत्सव मनाउन पाउँदा खुसी लागेको बताए । उनले सम्पूर्ण सहयोग हात र टीमप्रति आभार व्यक्त गरे ।

    IMG_8108.JPG

    ‘हजुरले गरेको रक्तदान कसैका लागि जीवनदान’ भन्ने नाराका साथ सिद्धार्थनगर–१३ स्थित देवकोटाचोकमा रहेको ग्याम्बलिङ ग्यालेक्सी क्यासिनो अगाडि रक्तदान कार्यक्रम भएको थियो ।