२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

लागूपदार्थ दुर्व्यसनविरुद्ध सचेतना जगाउँदै लियो बुटवल

शनिवार , श्रावण १२, २०८१

  • 955
    Shares
  • 955
    Shares
  • बुटवल, १२ साउन ।
    लियो क्लब अफ बुटवलले लागूपदार्थ दुर्व्यसनविरुद्ध सचेतनामूलक कार्यक्रम गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवल, रुपन्देही र लियो क्लब बुटवलले शुक्रबार कान्ती माध्यमिक विद्यालयमा सचेतनामूलक कार्यक्रम गरेको हो ।

    कार्यक्रममा विद्याथीहरूलार्ई लागूऔषध भनेको के हो ? व्यक्ति, समाज, राष्ट्र तथा परिवारमा यसले के कस्तो प्रभाव पार्छ ? लागूऔषध मानिसहरुले के कारणले गर्दा सेवन गर्न बाध्य हुन्छन् ? सेवनकर्ताहरुमा लागूऔषधको सेवन पश्चात के कस्ता लक्षणहरु देखा पर्छन् ? यसको कुलतमा फसेकाहरुलाई कसरी सुधार गर्ने सकिन्छ भन्ने बारेमा प्रहरी निरीक्षक दिपेन्द्र बानिया जानकारी गराएका थिए ।

    लागूऔषध नियन्त्रण तथा न्यूनीकरण गर्ने कार्यमा विद्यार्थी, शिक्षक, विद्यालय र अन्य सरोकारवाला निकायहरुले खेल्नुपर्ने भूमिका लगायतका विषयहरुमा केन्द्रीत रही विद्यालयहरुमा सचेतनामूलक कार्यक्रम गरिएको लियो बुटवलका अध्यक्ष प्रतिक खनालले बताए ।

    कार्यक्रममा लायन्स क्लब अफ बुटवलका अध्यक्ष मृगेन्द्र गोबिन्द श्रेष्ठ, कान्ती माध्यमिक विद्यालयका प्रधानाध्यपक गोविन्द ज्ञवाली, लायन्स क्लब बुटवलका पूर्वअध्यक्ष नरेश कुमार श्रेष्ठ, लायनेश क्लब अफ बुटवलकी अध्यक्ष मिना श्रेष्ठ लगायतले भनाइ राख्नुभएको कार्यक्रम संयोजक पृथ्वीराज भुसालले बताए ।

    WhatsApp Image 2024-07-27 at 9.23.35 AM.jpeg