२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

४० औं वार्षिकोत्सवको अवसरमा नबिल बैंकद्वारा बुटवलमा प्रभातफेरी

शनिवार , श्रावण १२, २०८१

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • भैरहवा, १२ साउन ।
    आफ्नो ४० औं वार्षिकोत्सवको अवसर पारेर नबिल बैंक लिमिटेडले शनिबार रुपन्देहीको बुटवलमा प्रभातफेरी कार्यक्रम गरेको छ । शनिबार बिहान बुटवलस्थित ट्राफिक चोकमा रहेको बैंकको बुटवल शाखा अगाडिबाट सुरु भएको प्रभातफेरी गोलपार्क, हाटबजारलाइन, अमरपथ, पुष्पलाल पथ हुँदै पुनः बैंकमा पुगेर समापन भएको बैंकको बुटवल शाखाका कर्मचारी हिमाल बस्‍नेतले बताए । 

    प्रभातफेरीमा सहभागीहरुले प्लेकार्ड बोकेका थिए । कार्यक्रममा संयोजकद्वय बैंकको कलस्टर हेड विनोद कुमार महत, मधुजंग कार्कीसहित १२० जना बढी कर्मचारीको सहभागीता रहेको बस्‍नेतले जानकारी दिए ।

    WhatsApp Image 2024-07-27 at 8.51.58 AM.jpeg
    WhatsApp Image 2024-07-27 at 8.52.04 AM.jpeg

    नबिल बैंकले ४० वर्ष पुगेको अवसरमा दिगो विकाससम्बन्धी जनचेतना जगाउने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ ।

    बैंकले देशभर २६८ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउण्टर र ३१६ वटा एटीएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ । नबिल बैंकले २२ लाख भन्दा बढी ग्राहकलाई प्रत्यक्ष बैंकिङ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।