२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

बस र जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा श्रद्धाञ्जली सभा

शनिवार , श्रावण १२, २०८१

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • भैरहवा, १२ साउन ।
    त्रिशुली नदीमा बस र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा जहाज दुर्घटनामा परी ज्यान गुमाएका यात्रुहरुको सम्झनामा रुपन्देहीको भैरहवामा श्रद्धाञ्जली सभा कार्यक्रम गरिएको छ । विश्व हिन्दू परिषद् नेपाल रुपन्देहीले भैरहवास्थित मिलनचोकमा उक्त कार्यक्रम गरेको रुपन्देही जिल्ला अध्यक्ष गोपाल उपाध्यायले बताए ।

    कार्यक्रममा दिवंगत व्यक्तिहरुप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारमा समवेदना व्यक्त गर्दैै दीप प्रज्जवलन पनि गरिएको जिल्ला उपाध्यक्ष शशिकान्त उपाध्यायले जानकारी दिए ।

    गोपाल उपाध्यायको अध्यक्षता, विश्व हिन्दू परिषद् नेपाल लुम्बिनी सम्भाग प्रमुख धनुषधारी पाण्डेयको प्रमुख आतिथ्यता, सचिव युगल किशोर त्रिपाठीको आतिथ्यता तथा विरेन्द्र कुमार कोहारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    WhatsApp Image 2024-07-26 at 12.59.48 PM.jpeg