२०८२, माघ ३ गते

Jan 17 2026 | २०८२, माघ ३ गते

भैरहवामा १० दिने वाध्यवादन तालिम सुरु

शुक्रवार , श्रावण ११, २०८१

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • भैरहवा, ११ असार ।
    रुपन्देहीको भैरहवामा शुक्रबारदेखि १० दिने वाध्यवादन तालिम सुरु भएको छ । आस्था महिला उद्यमी संघ सि.न.पा–९, उदयपुर, रुपन्देहीको आयोजनामा तालिम सुरु भएको हो । 
    तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले महिलालाई शिक्षा र सीपमा जोड दिनुपर्ने बताइन् । उनले कला–संस्कृतिको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताइन् । उपप्रमुख अधिकारीले भनिन्, ‘तालिममा सहभागी भएर मात्र हुँदैन । तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्नुपर्छ ।’ उनले महिलाले काम गर्न सक्दैनन् भन्ने भ्रम चिर्न पनि महिलाहरु नेतृत्व तहमा पुग्नुपर्ने बताइन् ।

    त्यस्तै विशिष्ट अतिथि चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन), रुपन्देहीका पूर्वअध्यक्ष नारायण प्रसाद भण्डारीले आस्था महिला उद्यमी संघले समयअनुकुल तालिम आयोजना गरेको बताए । उनले संघले विभिन्न किसिमका तालिमहरु सञ्चालन गर्दै आएको बताए । उनले भने, ‘महिलाहरु सीप सिकेर आत्मनिर्भर बन्न जरुरी छ ।’ उनले यस्ता तालिम सञ्चालनका लागि स्थानीय सरकारले पनि साथ दिनुपर्ने बताए ।

    आस्था महिला उद्यमी संघकी अध्यक्ष मिनिता थापा क्षेत्रीले संस्थाले महिलाको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम सञ्चालन गर्दै आएको बताइन् । उनले मौलिक कला–संस्कृतिको संरक्षणका लागि वाध्यवादन तालिमले टेवा पुर्याउने विश्वास व्यक्त गरिन् । नेपाली कला–संस्कृतिको आफ्नै पहिचान भएको उनको भनाइ छ ।

    कार्यक्रम संयोजक तथा आस्था महिला उद्यमी संघकी कार्यसमिति सदस्य विष्णु पन्थीको स्वागत, तृतीय उपाध्यक्ष कल्पना खनालको धन्यवाद ज्ञापन तथा संघकी महासचिव पवि खनालको सञ्चालनको सञ्चालनमा भएको कार्यक्रममा संघकी संस्थापक अध्यक्ष विन्दु न्यौपाने, रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरकी पूर्वअध्यक्ष सावित्री गुरुङलगायतले भनाइ राखेका थिए ।
    ७५ जनाको सहभागीता रहेको तालिमको सहजीरण प्रशिक्षक किशोर वि.क.ले गर्ने संघले जनाएको छ ।

    453077932_7941795815869244_8266261601615792376_n.jpg

    तालिम सिद्धार्थनगर–९ उदयपुरस्थित चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही) को सभाहलमा सुरु भएको हो ।