२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

विषालु सर्पको टोकाइबाट सुनवलमा ४ वर्षीय बालकको ज्यान गयो

बिहिवार , श्रावण १०, २०८१

  • 706
    Shares
  • 706
    Shares
  • परासी, १० साउन । 
    पश्चिम नवलपरासीमा सर्पको टोकाइबाट नाबालकको ज्यान गएको छ । जिल्लाको सुनवल नगरपालिका–३ कीर्तिपुर बस्ने यमबहादुर नेपालीको ४ वर्षीय छोरा सामुल नेपालीको विषालु सर्पको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ । 

    जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराका अनुसार गएराति आफ्नै घरमा खेलिरहेको अवस्थामा बालकलाई विषालु गोमन सर्पले टोकेको हो । 

    सर्पको टोकाइबाट गम्भीर घाइते सामुलको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा बिहीबार (आज) बिहान ज्यान गएको प्रहरीले जनाएको छ ।