२०८२, माघ १ गते

Jan 15 2026 | २०८२, माघ १ गते

मदिरा व्यवसायी संघ रुपन्देहीद्वारा कर शिक्षा तथा अन्तरक्रिया

बुधवार , श्रावण ९, २०८१

  • 724
    Shares
  • 724
    Shares
  • बुटवल, ९ साउन । 

    मदिरा व्यवसायी संघ रुपन्देहीले बुधबार बुटवलमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । व्यवसायी सदस्यहरुलाई कर शिक्षा तथा आ.व.२०८१/८२ को मदिरा कर नीति सन्दर्भमा कार्यक्रम गरिएको संघले जनाएको छ ।

    मदिरा व्यवसायी संघ रुपन्देहीका अध्यक्ष हिमालय भुसालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष तथा रुपन्देहीका पूर्वअध्यक्ष मृगेन्द्रगोविन्द श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले कर शिक्षा तथा अन्तरक्रियाले व्यवसायीलाई आफ्नो व्यवसायमा सहजता प्रदान गर्ने बताए ।

    कार्यक्रममा नेपाल अडिटर्स एशोसियसन रुपन्देहीका अध्यक्ष रामप्रसाद पौडेल र सिए महेश घिमिरेले पान तथा भ्याट सम्बन्धी प्रशिक्षण दिएका थिए । त्यस्तै आन्तरिक राजस्व कार्यालय बुटवलका कर अधिकृत गौरव पाण्डेले व्यवसायीहरुलाई करसम्बन्धी प्रशिक्षण दिएको मदिरा व्यवसायी संघ रुपन्देहीका कार्यालय सचिव कमल केसीले बताए ।

    कार्यक्रममा १५० जना व्यवसायी सदस्यहरुको सहभागिता रहेको कार्यक्रम संयोजक तथा संघका कार्यसमिति सदस्य विमल पाण्डेले बताए ।

    संघका प्रथम उपाध्यक्ष बाबुराम ज्ञवालीको स्वागत तथा महासचिव बाबुराम खनालको सञ्चालनमा भएको कार्यक्रममा मदिरा व्यवसायी महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष खिम बहादुर खत्री, केन्द्रीय सल्लाहकार  दिनेश प्रसाद श्रेष्ठ, महासंघका केन्द्रीय सल्लाहकार गिरीराज पौडेललगायतको उपस्थिति रहेको थियो ।

    मदिरा व्यवसायी संघ रुपन्देहीले व्यवसायीको हकहितसँगै विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएको अध्यक्ष हिमालय भुसालले बताए । उनका अनुसार संघले वार्षिक कार्ययोजना अन्तर्गत रक्तदान, खाद्यान्न सहयोग, वृक्षरोपणलगायतका विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।