२०८२, आश्विन २५ गते

Oct 11 2025 | २०८२, आश्विन २५ गते

केही खराब व्यक्तिका कारण राजनीतिप्रति वितृष्णा : प्रदेश प्रमुख शेरचन

मंगलवार , श्रावण ८, २०८१

  • 550
    Shares
  • 550
    Shares
  • बुटवल, ८ साउन ।

    लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गलत कामधन्दा गर्ने केही व्यक्तिका कारण राजनीतिप्रति वितृष्णा बढ्दै गएको बताएका छन् ।

    थकाली सेवा क्षेत्रीय समिति बुटवलले मंगलबार बुटवलमा आयोजना गरेको प्रदेश प्रमुखको बिदाई पूर्वको कार्यक्रममा बोल्दै उनले शक्तिमा पुग्नेहरूले जनताप्रति बेइमानी गरेका कारण असल राजनीतिज्ञहरूले शीर झुकाउनु परेको बताए ।

    प्रमुख शेरचनले भने, ‘सबैलाई गलत नजरले नहेरौं, शक्तिमा पुगेका थोरैले बदनाम गरेका छन् । तिनलाई सजाय दिने मतदानबाट हो ।’ उनले राजनीति बिना कुनै पनि देश र जनताको उन्नति र विकास सम्भव नभएको उल्लेख गरे । जनताको सुखदुःखमा साथ दिने मात्र राजनीतिज्ञ हुनेमा जोड दिदै प्रदेश प्रमुख शेरचनले राजनीति आफैमा खराब नभएको बताए ।

    देशमा भ्रष्टाचारका काण्ड छिनोफानो गर्नुको सट्टा लुकाउन खोजिएको भन्दै उनले असन्तुष्टि व्यक्त गर्नुभयो । कार्यक्रम थकाली सेवा समितिका अध्यक्ष लाल बहादुर गौचनको अध्यक्षतामा भएको थियो ।