२०८२, आश्विन २५ गते

Oct 11 2025 | २०८२, आश्विन २५ गते

रेडक्रस रुपन्देहीद्वारा वृद्धाश्रममा भोजन कार्यक्रम तथा आर्थिक सहयोग

मंगलवार , श्रावण ८, २०८१

  • 988
    Shares
  • 988
    Shares
  • भैरहवा, ८ साउन ।
    नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाले भोजन कार्यक्रम गरेको छ । रेडक्रस जिल्ला शाखाको ५५ औं दिवसको अवसरमा ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई वृद्ध सेवा आश्रममा भोजन कार्यक्रम तथा आर्थिक सहयोग गरिएको जिल्ला मन्त्री रामचन्द्र उपाध्यायले बताए । उनले सोमबार बिहान वृद्धआश्रममा रहेका वृद्धवृद्धाहरुलाई भोजन गराउनुका साथै आश्रमलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको बताए ।

    कार्यक्रममा प्रमुख अतिथि ओमसतिया–४ का वडाअध्यक्ष अखिलेश्वर पाण्डेले रेडक्रस रुपन्देहीले आफ्नो स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रम सराहनीय रहेको बताए ।

    रेडक्रस रुपन्देहीका सभापति दीपक क्षेत्री न्यौपानेको अध्यक्षता, उपसभापति रुपमा हिराचनको स्वागत, उपमन्त्री अर्जुनराज उपाध्यायको सिद्धान्त पाठमा भएको कार्यक्रममा ओमसतिया–४ का वडा सदस्य ओमकारनाथ पाण्डे, रेडक्रसका पूर्व केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठ, रोहिणी उपशाखा सभापति अनिल कौशल, भैरहवा बहुमुखी क्याम्पसका उपप्राध्यापक शंकर पन्थी, डिभिजन वन कार्यालय रुपन्देहीका वरिष्ठ वन अधिकृत सूर्य मैनाली, श्री सत्य साई आश्रमकी अध्यक्ष माया खरेललगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    61827094-bdbf-4d2b-84e6-567995a0ce82.jpeg

    कार्यक्रमको सञ्चालन रेडक्रस रुपन्देहीका मन्त्री रामचन्द्र उपाध्यायले गरेका थिए ।