
आइतवार , श्रावण ६, २०८१
भैरहवा, ६ साउन ।
लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि दलहरूलाई सोमबार साँझ ६ः३० बजेसम्मको समय दिएर दावी पेश गर्न आह्वान गरेका हुन् । आइतबार दिउँसो सदनलाई सम्बोधन गरेर मुख्यमन्त्री जोख बहादुर महराले राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनलाई राजीनामा पत्र बुझाएका थिए ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । नयाँ सरकार गठनका लागि नेकपा एमाले–नेपाली कांग्रेस गठबन्धनले दावी गर्ने तयारी गरेका छन् ।
नेकपा (एमाले) को नेतृत्वमा नयाँ सरकार बनाउने दुई दलले आइतबार संयुक्त बैठक बसेर निर्णय गरेका छन् । एमाले संसदीय दलका प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले सोमबार पहिलो चरणमै दावी पेश गर्ने तयारी गरिएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij