२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

संविधान संशोधनको विषय दुई दलको मात्रै एजेण्डा बनाउनुहुँदैन : माधव नेपाल

आइतवार , श्रावण ६, २०८१

  • 490
    Shares
  • 490
    Shares
  • काठमाडौं, ६ साउन ।
    नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले संविधान संशोधनका विषयलाई दुई दलको मात्रै एजेण्डा बनाउन नहुने बताएका छन् ।

    आइतबार प्रतिनिधि सभा बैठकमा अध्यक्ष नेपालले संविधान संशोधन जस्तो दीर्घकालीन महत्वको विषयमा साझा धारणा बनाउनुपर्ने र यसलाई दुई दलको मात्रै एजेण्डा बनाउन नहुने बताएका हुन् ।

    उनले राजनीतिक दलहरू एकताबद्ध भएर लोकतन्त्रलाई सुदृढ बनाएर लैजानुपर्ने खाँचो रहेको बताए । उनले गणतन्त्रको लाभ आमनागरिक समक्ष पुग्ने सहज मार्ग खोज्नका साथै जनतालाई परिवर्तनको अनुभुति गराउन गम्भीर हुनुपर्ने बताए ।

    पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले आफ्नो पार्टी रचनात्मक प्रतिपक्षको भूमिकामा उभिने र सकारात्मक कामको प्रशंसा र नकारात्मक कामको खबरदारी गर्ने स्पष्ट पारे ।