२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

राजनीति स्थिर नहुनुको पछाडि ठूला दल जिम्मेवार : राजेन्द्र लिङ्देन

आइतवार , श्रावण ६, २०८१

  • 379
    Shares
  • 379
    Shares
  • काठमाडौं, ६ साउन ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीति स्थिर नहुनुको पछाडि ठूला दल जिम्मेवार रहेको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा अध्यक्ष लिङ्देनले ठूला दलहरुका कारण पटकपटक सरकार परिवर्तनको श्रृंखला देखिएको भन्दै राजनीति स्थिर नहुनुको पछाडि ठूला दल जिम्मेवार रहेको बताए ।

    उनले अहिलको समस्या समस्या साना दल र समावेशी समानुपातिक प्रतिनिधित्वमा नभएको भन्दै यस विषयमा हुने संविधान संशोधन स्वीकार्य नहुने जिकिर गरे । 

    पूर्व उपप्रधानमन्त्री समेत रहेका लिङ्देनले संविधानमा देखिएका केही विषय सम्बोधन गर्नुपर्ने भए पनि पछिल्ला दिनमा आएका विषयहरुमा आफ्नो सहमति नभएको धारणा राखे ।

    उनले नयाँ समझदारी बनाएर अगाडि बढेमात्रै मुलुकका विद्यमान समस्या समाधान हुँदै जाने बताए ।