
शनिवार , श्रावण ५, २०८१
काठमाडौं, ५ साउन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । अहिले विश्वासको मत दिने आधार तयार नभएको राप्रपाका अध्यक्ष अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।
सम्पूर्ण गतिविधिको विश्लेषण गर्दा राप्रपाले आइतबार संसदमा प्रधानमन्त्रीले माग्नुभएको विश्वासको मतको विपक्षमा मतदान गर्नु उपयुक्त हुने ठहर गरेको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले बताए ।
‘राप्रपाले वर्तमान संविधानले काम गर्दैन भनिरहेको परिस्थितिमा संविधान संशोधनको एजेण्डासहित मूलतः नेपाली कांग्रेस र नेकपा (एमाले) ले निर्माण गरेको नयाँ सरकारलाई प्रारम्भिक रुपमा सकारात्मक हिसाबले लिएको छ,’ प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
प्रधानमन्त्री ओलीले साउन ६ गते आइतबार (भोलि) सदनमा विश्वासको मत लिदैछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij