२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

आइतबारदेखि सुनिल ढुंगाना स्मृति कप क्रिकेट प्रतियोगिता सुरु हुँदै

आइतवार , फाल्गुण १६, २०७७

तिलोत्तमा, १६ फागुन ।
सर्वोत्तम सिमेन्ट सुनिल ढुंगाना स्मृति कप टि–१० नकआउट क्रिकेट प्रतियोगिताको पहिलो संस्करण फागुन १६ गते आइतबारदेखि सुरु हुने भएको छ । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा हुने  प्रतियोगिताको रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले उद्घाटन गर्ने कार्यक्रम छ । यसअघि फागुन ८ गतेका लागि तय भएको प्रतियोगिता प्राविधिक कारणले फागुन १६ का लागि सरेको थियो । प्रतियोगिता शंकरनगरको चपरभट्टीस्थित सिद्धार्थ युवा क्लबको खेलमैदानमा आइतबार बिहान ११ बजेदेखि सञ्चालन हुन लागेको हो । 

तिलोत्तमा क्रिकेट विकास समितिका संस्थापक अध्यक्ष सुनिल ढुंगानाको नाममा अक्षयकोष स्थापनार्थ आयोजना संचालन हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा तिलोत्तमा क्रिकेट एकेडेमी र संजीवनी शिक्षा सदन भिड्नेछन । प्रतियोगितामा विभिन्न ८ टिमको सहभागिता रहेको खेल संयोजक कमल श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा विजेता टिमले एकलाख नगद पुरस्कार राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछ । त्यसै गरी विधागततर्फ म्यान अफ दि सिरिजले १० हजार, बेस्ट ब्याट्सम्यान, बेष्ट बलर तथा उदयमान खेलाडीले नगद ५÷५ हजार पुरस्कार राशी प्राप्त गर्नेछन् भने हरेक खेलका म्यान अफ दि म्याचले हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 

स्वर्गीय ढुंगानाको नाममा स्थापना हुने अक्षकोषको रकमबाट तिलोत्तमा नगरभित्रका विद्यालयस्तरका २ जना छात्र र एक छात्रा खेलाडीलाई छात्रवृत्ति प्रदान गरिने तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष दिपक शर्मा भुर्तेलले जानकारी दिए ।