२०८२, कार्तिक १९ गते

Nov 05 2025 | २०८२, कार्तिक १९ गते

नेकपा विवाद टुङग्याएर छिट्टै निकास दिने निर्वाचन आयोगको तयारी

शनिवार , फाल्गुण १५, २०७७

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • काठमाडौं, १५ फागुन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता सम्बन्धी विवाद छिट्टै टुङ्ग्याएर निकास दिने निर्वाचन आयोगले तयारी गरेको छ।

    आयोगले सम्बन्धीत पक्षसँग औपचारिक र अनौपचारिक छलफल गरिरहेको र अन्तिम चरणको अध्ययन र परामर्श भैरहेको जनाएको छ।

    दलसम्बन्धी विषयमा दर्ता भएको निवेदनमा आयोगबाट अध्ययन, परामर्श भइरहेको जानकारी गराउदै आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सरोकारवाला पक्षसँग औपचारिक र अनौपचारिकरुपमा जारी छलफल अन्तिम चरणमा पुगेको बताएका छन्। 

    यथासिघ्र निर्वाचन कार्यतालिका बनाउनु पर्ने र दल दर्ताको सूचना प्रकाशन गर्नुपर्ने आयोगको कार्य सर्वोच्च अदालतको निर्णयबाट रोकिएपछि समयका हिसाबले केही सहजता भएको बताउँदै प्रबक्ता श्रेष्ठले नेकपा बिवादको विषयलाई छिट्टै नै टुङ्ग्याएर निर्णय र निकास दिने क्रममा आयोग रहेको स्पष्ट पारेका छन्।

    प्रबक्ता श्रेष्ठका अनुसार सरकारले गत पुस ५ गते प्रतिनिधी सभा बिघटन गर्दै आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणा गरेसँगै आयोगले निर्वाचनको तयारी थालेको थियो।

    सर्वोच्च अदालतको संसद् पुनःस्थापना गर्ने निर्णयसँगै औपचारिक पत्र प्राप्त नभए पनि आयोगले निर्वाचनका सम्पूर्ण क्रियाकलाप रोकेको र निर्वाचन सामग्री खरीदका लागि प्रकाशित बोलपत्र पनि आयोगले रद्द गर्ने क्रममा रहेको छ।