२०८३, बैशाख २६ गते

May 09 2026 | २०८३, बैशाख २६ गते

लायन्स क्लब अफ बुटवल सिद्धार्थले गर्‍यो वृक्षारोपण

आइतवार , आषाढ ३१, २०८१

  • 718
    Shares
  • 718
    Shares
  • बुटवल, ३० असार ।
    लायन्स क्लब अफ बुटवल सिद्धार्थले बुटवल उपमहानगरपालिका–७ स्थित बुटवल सरसफाइ तथा वातावरण सहकारी संस्थाको परिषदको शिवनगर सरसफाई पार्कमा वृक्षारोपण गरेको छ । क्लबले ग्लोबल कज इनभारमेन्ट कार्यक्रम अन्र्तगत फलफूलका विरुवा रोपेको वर्ष २०२४–२५ का अध्यक्ष मोहन विक्रम प्याथले बताए । 

    अध्यक्ष प्याथले वातावरण सम्बन्धि संस्था बुटवल सरसफाई तथा वातावरण सहकारी संस्थासँग मिलेर काम गर्न पाउँदा खुसी लागेको बताए । उनले आफूहरु यस परिषद्लाई सिद्धार्थ वाटिका बनाउने गरी अगाडि बढेकोे बताए ।

    कार्यक्रममा प्रमुख अतिथि २०२४–२५ डिष्ट्रिक गर्भनर पुरुषोत्तम भक्त प्रधानाङ्गले वातावरणसँगै आयआर्जनलाई समेत जोडेर गरिएको वृक्षारोपणले सबैलाइ फाइदा दिने बताए । 

    बुटवल सरसफाई संस्थाका अध्यक्ष कृष्ण बहादुर कार्कीले लायन्स क्लब बुटवल सिद्धार्थले वृक्षारोपण गरेर उदाहरणीय कार्य गरेको बताए । 

    कार्यक्रममा सरसफाई संस्थाका व्यवस्थापक टोपलाल शर्मा आँप, लिची जस्ता उपयोगी राम्रा फलफूलको वृक्षारोपण गरेर वातावरण र प्रकृतिको संरक्षणमा क्लबले योगदान दिएको बताए । 

    कार्यक्रम संयोजक छविलाल भुसालले सबैको सहयोगबाट रोपिएका विरुवा संरक्षण गर्ने र बाँकी रहेको तारबार अन्य काम पनि गरिने बताए ।

    कार्यक्रममा फस्ट भिडिजि बालाराम भट्टराई, एरिया चिफ दीपक प्रसाद श्रेष्ठ, नितु श्रेष्ठ, ओम थापा, यदुमणि पोख्रेल, चिरन्जीवि अधिकारी, सचिव सुर्दशन खनाल, निवर्तमान अध्यक्ष नारायण विक्रम कुँवर, उपाध्यक्ष राजु भारी, उपाध्यक्ष दिनेशमणि सुवेदी, सुन्दर श्रेष्ठ कविता गौतम लगायतले संस्थाले आगामी दिनमा बातावरण संरक्षणका कार्यक्रम गर्ने बताए । 

    लायन्स क्लब अफ बुटवल सिद्धार्थका मोहनविक्रम प्याथको अध्यक्षता, कार्यक्रम संयोजक छविलाल भुसालको स्वागत तथा सचिव सुर्दशन खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।