२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

लायन्स सिद्धार्थनगर युथद्वारा वृक्षारोपण र खाद्यान्न वितरण

शनिवार , आषाढ ३०, २०८१

भैरहवा, २९ असार ।
लायन्स क्लब अफ सिद्धार्थनगर युथले भैरहवाको एक विद्यालयमा वृक्षारोपण र सडकमा रहेका कुकुरको लागि डग फिडिंग कार्यक्रम सम्पन्न गरेको हो । क्लबले शनिबार सिद्धार्थनगर नगरपालिका–१ स्थित जमिया कमरुन निसा निस्वाँ कलेजमा वृक्षारोपण तथा सिद्धार्थनगर नगरपालिकाभित्र सडकपेटीमा रहेका ४१ छाडा कुकुरको लागि खाना खुवाउने कार्यक्रम गरेको हो ।

सिद्धार्थनगरलाई हराभरा बनाउन केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम गरिएको क्लबका निवर्तमान अध्यक्ष सन्दिप नाथ गोंगलले बताए । डग फिडिंग कार्यक्रम वर्षभरी नै नियमित रुपमा गर्दै जाने उनले बताए ।

कार्यक्रमको उदटन गर्दै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी)का  डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले एकैदिन दुईवटा रचनात्मक कार्यक्रम गर्नु सराहनीय रहेको बताए ।

विद्यालयमा रोपिएको विरुवाको संरक्षणको जिम्मेवारी विद्यालय व्यवस्थापन समितिले लिनुपर्ने र क्लबले पनि सहयोग गर्ने क्लबका तृतीय उपाध्यक्ष हरि आचार्यले बताए । 

क्लबका वर्ष २०२४/०२५ का अध्यक्ष निकेश देव हटुवालको अध्यक्षता तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का डिष्ट्रिक गभर्नर एमजेएफ पुरुषोत्तम भक्त प्रधानाङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक ३२५ (पी) का  क्याबिनेट सेक्रेटरी माधव खनाल, डिष्ट्रिक एलसिआईएफ कोडिनेटर तथा क्लबका संस्थापक अध्यक्ष अर्चित श्रेष्ठ, डिष्ट्रिक ३२५ पी एरिया–५ का एरिया चिफ अभिनव मयुर कसौधन, लायन्स सिद्धार्थनगर युथका पूर्व अध्यक्षद्वय, प्रशान्तमणि रामदाम, धिरज कुमार मल्लिक, निवर्तमान अध्यक्ष संन्दिप नाथ गोंगल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम संयोजकद्वय जवाहिर अग्रहरी र विराट गुरुङको स्वागत तथा लायन्स सिद्धार्थनगर युथका सचिव तेज बिर रसाइलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

WhatsApp Image 2024-07-13 at 7.43.37 PM.jpeg