२०८३, बैशाख २६ गते

May 09 2026 | २०८३, बैशाख २६ गते

रेडक्रस बेलहिया उप–शाखाद्वारा रक्तदान, ४८ पिन्ट रगत संकलन

शनिवार , आषाढ ३०, २०८१

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • भैरहवा, २९ असार ।
    नेपाल रेडक्रस सोसाइटी बेलहिया उप–शाखाले खुल्ला रक्तदान गरेको छ । शनिबार बिहान सिद्धार्थनगर नगरपालिका–१ बेलहियास्थित विशाल बजारमा रक्तदान कार्यक्रम गरेको कार्यक्रम संयोजक तथा रेडक्रस बेलहिया उप–शाखाका कार्यसमिति सदस्य राजु खड्काले बताए ।

    कार्यक्रममा ४८ पिन्ट रगत संकलन भएको उपशाखाका सभापति राकेश गुरुङले जानकारी दिए ।

    कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले रक्तदान कार्यक्रमले रगतको अभाव हुन नदिने बताए । उनले रक्तदान कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।

    a5a5ead5-23b1-4c6b-a432-c7845ba14aba.jpeg

    रेडक्रस सोसाइटी बेलहिया उप–शाखाका सभापति राकेश गुरुङको अध्यक्षता तथा सचिव माधव शर्माको सञ्चालनमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाका कोषाध्यक्ष सुशील गुरुङ, जिल्ला मन्त्री रामचन्द्र उपाध्याय, बेलहिया उप–शाखाका निवर्तमान सभापति सुमन शर्मालगायतले बोलेका थिए ।