२०८२, आश्विन २५ गते

Oct 11 2025 | २०८२, आश्विन २५ गते

रुपन्देहीमा ‘मेरो सवारी, मेरो लेन’ अभियान सुरु

शुक्रवार , आषाढ २९, २०८१

  • 982
    Shares
  • 982
    Shares
  • भैरहवा, २८ असार । 
    सवारीचालकलाई लेन अनुशासन सिकाउने उद्देश्यले रुपन्देहीमा ‘मेरो सवारी, मेरो लेन’ अभियान सुरु गरिएको छ । बढ्दो सवारी चापसँगै लेन अनुशासन उल्लघंन गर्दा हुने दुर्घटना न्यूनीरणमा टेवा पुर्याउने उद्देश्यले ट्राफिक सचेतना सुरु गरिएको जनाइएको छ । रुपन्देहीस्थित बेलहियास्थित सीमा नाकामा बसमा ‘मेरो सवारी, मेरो लेन’ लेखिएको स्टीकर टाँसेर सुरु गरिएको अभियान साताव्यापी रुपमा चल्नेछ । 

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्ला प्रशासन, जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा विभिन्न संघ–संस्थाको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको बताए । उनले ट्राफिक नियमको पालना गरे मात्रै पनि आधा भन्दा बढी दुर्घटना न्यूनीकरण हुने भन्दै यसलाई सबैको सहयोगमा अगाडि बढाइएको बताए ।

    आर्थिक तथा व्यापारिक केन्द्र रुपन्देहीमा सवारी चाप बढ्दो मात्रामा छ । जिल्लामा लेन अनुसारका फराकिला सडक भए पनि चालकले लेन अनुशासन पालना नगर्दा दूर्घटना बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक बजिरसिंह विष्टले बताए । उनले दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त र प्रभावकारी बनाउनु अभियानको उद्देश्य रहेको बताए । उनले भने,‘यो कार्यक्रमले सडक लेन अनुशासन पालना गर्नुपर्छ भन्ने आम सर्वसाधारणमा सन्देश जानेमा विश्वस्त छौं ।’

    जिल्लाका मुख्य सडक र व्यस्त चौराहामा विद्यार्थी, संघ–संस्था, सञ्चारकर्मी, आमा समूह, टोल समिति, उद्योगी–व्यवसायीको सहभागीतामा सप्ताहव्यापी रुपमा सचेतनामूलक अभियान सञ्चालन गरिने उनको भनाइ छ । अभियानको सह–आयोजकमा नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश अन्तर्गत १४ वटा बीमा कम्पनी कार्यालयहहरु रहेका छन् ।