२०८३, आषाढ १५ गते

Jun 29 2026 | २०८३, आषाढ १५ गते

व्यवसायीहरुको समस्या समाधान नभए निर्णायक संघर्ष गर्ने नेपाल निर्माण व्यवसायी महासघंको चेतावनी

बिहिवार , आषाढ २८, २०८१

  • 766
    Shares
  • 766
    Shares
  • काठमाडौंमा,२७ असार। नेपाल निर्माण व्यवसायी महासंघले असार मसान्तसम्म पनि आफुहरुको भूक्तानी नभए निर्णायक संघर्ष गर्ने चेतावनी दिएको छ । 

    बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले आर्थिक बर्ष समाप्त हुनै लाग्दा पनि व्यवसायीहरुको अरवौं रकम भूक्तानी हुन बाँकी रहेकाले रकमान्तर गरि अहिलेसम्मको बाँकी रकम असार मसान्त भित्र भुक्तानी गर्न सरकारसंग माग गरेको हो । आफुहरुको समस्या समाधान नभए निर्णायक संघर्ष गर्न बाध्य हुने महासंघले चेतावनी दिएको छ ।

    भुक्तानीको विकराल समस्या भोग्न बाध्य भइ निर्माण व्यवसायीहरुले केहि स्थानीय निकाय, प्रदेश र संघका बिकासे कार्यालयहरुमा तालबन्दी सुरु गरेको संघका अध्यक्ष रवि सिंहले बताए । उनले असार मसान्तभित्र सवै भुक्तानी निकासा फुकुवाको व्यवस्थाका लागि सम्बन्धीत कार्यालयलाई निर्देशन गरिदिन सरकारसंग माग गरे । अध्यक्ष सिंहलेव्यवसायीहरुको रकम भुक्तानी नभएसम्म नयाँ टेन्डरहरु ननिकाल्न र बजेट सुनिश्चितता नभएका, भुक्तानी लगाएका समस्याले पूरा हुन नसकेका ठेक्काहरु कानून बमोजिम सुविस्ताका आधारमा अन्त्य गरि फरफारक गर्न पनि आग्रह गरे । 

    महासंघले निर्माण व्यवसायीहरुको कुल ६० अर्ब रुपैयाँ भुक्तानी हुन बाँकी रहेपनि त्यतर्फ राज्यले खासै ध्यान नदिएको जनाएको छ । सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधन जारी भए पश्चात् म्याद थप भए पछि राज्यले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने दायित्व करीब ४० अर्ब रुपैयाँ र चालू आयोजनाहरुको करिव २० अर्व भुक्तानी हुन बाँकी रहेको महासंघको भनाइ छ ।