२०८३, बैशाख २६ गते

May 09 2026 | २०८३, बैशाख २६ गते

बेलहियामा एकीकृत चेकजाँच सेवाको सुभारम्भ

बुधवार , आषाढ २७, २०८१

  • 1000
    Shares
  • 1000
    Shares
  • भैरहवा । रुपन्देहीको बेलहिया नाकामा एकीकृत चेकजाँच सेवा शुरु गरिएको छ । पर्यटकको सहजताका लागि बेलहिया नाकामा पर्यटक लक्षित एकीकृत चेकजाँच सेवा सुरु गरिएको जनाईएको छ । 

    जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अगुवाईमा सरोकारवाला निकायका प्रतिनीधिलाई एकै ठाउँमा राखेर शुरक्षा र अन्य सबै किसिमका जाँच गर्ने गरी एकीकृत सेवा शुरु गरिएको हो । नेपाल-भारत सीमा नाका बेलहियामा नेपाल प्रहरी, ट्राफिक, सशस्त्र प्रहरी र भन्सारका कर्मचारी राखेर एकै ठाउँमा सुरक्षा र अन्य सबै किसिमका जाँच गर्ने गरी एकीकृत सेवा सुरु गरिएको हो ।

    एकीकृत सेवाको गृह सचिव एकनारायण अर्यालले एक कार्यक्रमका वीच सुभारम्भ गरे । उनले प्रशासनको अगुवाईमा रुपन्देहीमा अनुकरणीय कामको थालनी भएको उल्लेख गर्दै यसको प्रभावकारी कार्यन्वयन गर्न निर्देशन दिए । उनले पर्यटन क्षेत्रको बिकास र प्रबद्धन गर्न तथा पर्यटकको सहजताका लागि एकीकृत सेवाले टेवा पुर्‍याउने उल्लेख गरे । 

    450354438_758220789720943_7764551179593554819_n.jpg

    एकीकृच जाँच पछि अब जिल्लाका बिभिन्न ठाँउमा हुदै आएका चेकजाँचको झन्झट हट्ने छ भने पर्यटकलाई निकै सहज हुने बिश्वास लिईएको छ । 

    भारतबाट आउने सवारी साधन र भारत तथा तेस्रो मुलुकबाट नेपाल आउने पर्यटकहरुलाई लक्षित एकीकृत जाँच शुरु गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । 

    ‘तेस्रो मुलुकका पर्यटकलाई अध्यागमन जानै पर्छ तर भारतीय पर्यटकलाई त्यहाँ जान पर्दैन । त्यसैले कुन-कुन निकायले के जाँच गर्नुपर्छ एकै ठाउँमा गर्छन्, त्यसपछि सवारी जिल्लाभर जाँच हुँदैन’, प्रमुख जिल्ला अधिकारी अर्यालले भने, ‘तर, सुरक्षा अधिकारीलाई शंका लागेमा भने जुनसुकै बेला जहाँपनि जाँच गर्न सक्छन् ।’

    एकीकृत विन्दुमा सवारीको सम्पूणर् जाँचपछि चालकको नाम, ठेगाना, गाडी नम्बर, गन्तव्य लेखिएको विवरणसहितको पहेंलो कार्ड चालकलाई दिइने व्यवस्था गरिएको छ । 

    बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बेलहियाबाट भित्रिने पर्यटक सिद्धार्थनगरका मात्रै नभएर सिंगो रुपन्देही र मुलुकका लागि नै भएको भन्दै सबैले पर्यटकीय भाव राखेर उनीहरुको स्वागत, सत्कार र अप्ठ्यारोमा सहयोग गर्नुपर्ने बताए ।

    सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहम्मद खाँले बेलहियाबाट सवारीसहित भित्रिने पर्यटकले दुःख पाउने गरेको धेरै गुनासा आइरहेको बताउदै पर्यटकको सेवा र सत्कारमा जुट्नु पर्ने बताए । उनले भारतीय पर्यटकले २५ हजार रुपैयाँ मात्रै ल्याएर आउनुपर्ने व्यवस्थालाई खारेज गरेर कम्तिमा दुई लाखसम्म ल्याउन पाउनुपर्ने व्यवस्था मिलाउन माग गरे ।

    नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले निजी क्षेत्रका लागि एकीकृत जाँच सेवाले हर्षित बनाएको बताए । उनले सहज रुपमा धेरै भन्दा धेरै पर्यटक भित्राउनका लागि काम गर्नु पर्ने बताए । 
    सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले यसले पर्यटकलाई नाकामा हुँदै आएका सबै झन्झट हट्दै जाने बिश्वास व्यक्त गरे ।