२०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

कांग्रेस–एमाले जनताको अधिकार सीमित गर्ने बाटोमा हिड्न खोजे : शक्ति बस्नेत

मंगलवार , आषाढ २६, २०८१

  • 832
    Shares
  • 832
    Shares
  • काठमाडौं, २५ असार ।

    उर्जामन्त्री शक्ति बहादुर बस्नेतले संविधानलाई संशोधन गर्ने नाममा कांग्रेस–एमाले जनताको अधिकार सीमित गर्ने बाटोमा हिड्न खोजेको आरोप लगाएका छन् । मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले संविधानको समीक्षा गर्ने बहानामा अनावश्यक संशोधन गर्दै जनताको अधिकार सीमित गर्ने बाटोमा कांग्रेस–एमाले हिड्न खोजेको आरोप लगाए । 

    उहाले नयाँ गठबन्धनको आधार संविधान तोडफोड गर्नु नै भएको जिकिर गरे नेकपा (माओवादी केन्द्र) का नेता समेत रहेका बस्नेतले अहिलेको परिघटना पार्टी विशेषको मात्रै कुरा नभएको भन्दै देशको समग्र अवस्थाको विषय रहेको धारणा राखे ।

    संसदीय व्यवस्थामा को सरकारमा जान्छ भन्ने विषय सामान्य रहे पनि यसले देशलाई पुर्याउने क्षतिका बारेमा समीक्षा गर्नुपर्ने उनको भनाइ छ ।

    बस्नेतले जनतालाई अधिकारसम्पन्न बनाएर मात्रै मुलुक बन्छ भन्ने माओवादीको स्पष्ट दृष्टिकोण रहेको भन्दै सरकारमा रहे पनि नरहेपनि यसैमा ध्यान केन्द्रीत गर्ने बताए ।