२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

राहत र उद्वारमा तदारुकतासाथ लाग्न मुख्यमन्त्री महराको निर्देशन

सोमवार , आषाढ २५, २०८१

  • 904
    Shares
  • 904
    Shares
  • दाङ, २४ असार ।
    लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले अविरल वर्षाका कारण विपद्मा परेकाहरूलाई तत्काल राहत र उद्वारका गर्न निर्देशन दिएका छन् ।

    उनले वर्षाका कारण बाढी, पहिरो र डुबानबाट प्रभावित जनताको जनधनको सुरक्षाका लागि राज्यका निकायहरूलाई तदारुकताका साथ कार्यक्षेत्रमा खटिन निर्देशन दिएका हुन् ।

    लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग अविरल वर्षाका कारण भएको क्षतिको जानकारी लिएपछि मुख्यमन्त्री महराले राहत तथा उद्वारमा सक्रियतापूर्वक लाग्न निर्देशन गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

    विपद्बाट प्रभावित नागरिकको सुरक्षा लुम्बिनी प्रदेश सरकारको पहिलो प्राथमिकता भएकोले जिल्ला विपद् व्यवस्थापन समितिले सबै निकायसँग सहकार्य गरेर काम गरिरहेको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ । 

    अविरल वर्षापछि लुम्बिनी प्रदेशका केही स्थानमा सडक अवरुद्ध भएको छ भन बाढी पहिरोले क्षति पुर्याउनुका साथै बस्ती डुबानमा परेका छन् । विपद्का कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री महराले उद्वार र राहतमा सक्रियतापूर्वक विपद् व्यवस्थापन समितिले काम गरिरहेको बताएका छन् ।