२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

जेसीआई सिद्धार्थमा कौशी खेती सम्बन्धी तालिम

आइतवार , आषाढ २४, २०८१

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा, २३ असार । जेसीआई सिद्धार्थ नेपालले एकदिने करेसाबारी तथा कौशी खेती सम्बन्धी तालिम दिएको छ । नेपालमा पछिल्लो समय कौशी खेती गर्ने प्रचलन बढिरहेको बेला जेसीआई नेपालले करेसाबारी तथा कौशी खेतीबारे तालिम दिएको हो । 

    पक्लिहवा कृषि क्याम्पसका प्रमुख डा.रामभजन मण्डलको प्रखुख आतिथ्यतामा भएको कार्यक्रममा कौशी खेतिबारे जानकार नाथुप्रसाद चौधरी प्रशिक्षण दिएका थिए । उनले कौशी खेती कसरी गर्ने ? यसको स्याहार र व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा तालिम दिएका थिए । 

    तालिममा ५० जना कौशी खेचीबारे रुची रहेका नागरिकको सहभागीता रहेको थियो । 

    जेसीजले नेतृत्व र व्यक्तित्व विकाससँगै जीवन उपयोगी तालिम पनि दिनुपर्छ भन्ने मान्यताले पहिलोपटक यस्ता खालका तालिमलाई कार्यक्रमको रुपमा अगाडि बढाइएको संस्थाका अध्यक्ष दीपक काफ्लेले जानकारी दिए । महासचिव अर्जुन कुवंरको सञ्चालनमा भएको कार्यक्रमको लोकमणि भट्टराईले संयोजन गरेका थिए ।