२०८३, बैशाख २६ गते

May 09 2026 | २०८३, बैशाख २६ गते

पत्रकारद्वय रायमाझी र ज्ञवाली सम्मानित

आइतवार , आषाढ २४, २०८१

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • भैरहवा, २३ असार ।
    लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीले पत्रकारद्वय कमल रायमाझी र कमल ज्ञवालीलाई सम्मान गरेको छ । संघको समग्र विकासमा सकारात्मक एवं प्रभावकारी ढंगले पत्रकारिताको माध्यमबाट उल्लेखनीय योगदान पुर्याएको भन्दै रायमाझी र ज्ञवालीलाई सम्मान गरिएको हो ।

    शनिबार भैरहवामा आयोजित संघको २५ औं वार्षिक साधारणसभामा दुवै पत्रकारलाई लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व शिक्षामन्त्री वसिउद्दीन खाँ, नेपाल ईट्टा उद्योग महासंघका केन्द्रीय सल्लाहकार तथा सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख हरि प्रसाद अधिकारी, महासंघ लुम्बिनी प्रदेशका वरिष्ठ सल्लाहकार सफर मिया, लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष अजय कुमार गुप्ता, महासचिव दीपक पौडेललगायतले सम्मान गरेका हुन् । उनीहरुलाई नगद रु. ११ हजार, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

    पत्रकार रायमाझी राष्ट्रिय समाचार समिति (रासस), सगरमाथा टेलिभिजन र लुम्बिनी खबर पत्रिकामा आबद्ध छन् । उनी लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराका प्रेस सल्लाहकार समेत हुन् । त्यस्तै पत्रकार ज्ञवाली बुद्ध सामूदायिक टेलिभिजन, गोरखापत्र र नागरिक अनलाइन डटकममा आबद्ध छन् । 

    लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीले आफ्नो साधारणसभा तथा अधिवेशनमा पत्रकारहरुलाई सम्मान गर्दै आएको अध्यक्ष अजय कुमार गुप्ताले बताए ।