२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

सिद्धार्थनगर–५ मा एकमहिने ब्यूटीसियन तालिम सम्पन्न

बिहिवार , आषाढ २१, २०८१

भैरहवा, २० असार ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ कार्यालयको आयोजनामो एकमहिने ब्यूटीसियन तालिम समापन भएको थियो । तालिम जेठ २२ गतदेखि सुरु भएको वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले बताए । तालिममा २८ जनाको सहभागीता रहेको श्रेष्ठले जानकारी दिए ।

बुधबार तालिम समापन कार्यक्रममा प्रमुख अतिथि श्री भैरहवा नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द प्रसाद गुप्ताले महिलाहरुको आर्थिक सशक्तिकरणका लागि सीपमुलक तालिमले महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताए । उनले महिलालाई सक्षम र सबल बनाउन सिद्धार्थनगर नगरपालिकाले विभिन्न किसिमका सीपमूलक तालिमहरु प्रदान गर्दै आएको र निरन्तरता दिदै जानुपर्ने बताए ।

त्यस्तै सिद्धार्थनगर–५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठले वडा नम्बर ५ मा महिला उद्यमीहरु उत्पादन गर्ने उद्देश्यले एकमहिने ब्यूटीसियन तालिमको आयोजना गरिएको बताए । उनले तालिम लिएका महिलाहरुले तालिमबाट प्राप्त सीपको उपयोग गरी आत्मनिर्भर उद्यमी बन्नुपर्नेमा जोड दिए ।

जेसीआई सिद्धार्थ, नेपालका अध्यक्ष दीपक काफ्लेले सिनपा वडा नम्बर ५ ले महिलाहरुको क्षमता वृद्धि गरी जीविकोपार्जनसँग जोड्नका लागी यस्ता किसिमका तालिमहरु प्रदान गर्दै आएको बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका सह–कोषाध्यक्ष संजय कुमार बेरिवालले तालिममा सिकेका सीपहरुलाई व्यवसायिक रुपमा लैजान सके मात्र तालिम प्रभावकारी हुन सक्ने बताए ।

समाजसेवी केशव प्रसाद गुप्ताले वडा नम्बर ५ ले विभिन्न किसिमका सीपमूलक तालिमहरु प्रदान गरी अवसर दिएको बताए ।

तालिमको प्रशिक्षक पल्लवी न्यौपानेले सीपमुलक तालिमहरु पाठयक्रममा पनि समावेश गर्नुपर्ने धारणा राखिन् ।

सिद्धार्थनगर–५ की वडासदस्य किरनदेवी सुनारको स्वागत तथा वडा सदस्य सरस्वती श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा सिद्धार्थनगर–१३ की वडा सदस्य निलु श्रीस, भैरहवा नमूना माविका प्राचार्य चुन्न प्रसाद पाण्डे, प्रशिक्षार्थी ममता मकाजुलगायतले भनाइ राखेका थिए ।

WhatsApp Image 2024-07-03 at 6.06.17 PM.jpeg