२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

लुम्बिनी र मधेश प्रदेशमा लोसपाले मुख्यमन्त्री पाउनुपर्ने प्रस्ताव राख्छौं : शुक्ल

मंगलवार , आषाढ १९, २०८१

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • भैरहवा, १८ असार ।
    लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का वरिष्ठ सह–अध्यक्ष सर्वेन्द्रनाथ शुक्लले अब बन्ने नयाँ सरकारमा पार्टीको सहभागीता हुने बताएका छन् । उनले केन्द्र सरकारमा लोसपा जाँदा प्रदेशमा पनि सहभागीता हुने भएकोले पार्टीले आलोपालो मुख्यमन्त्री पाउनुपर्ने बताए ।

    शुक्लले खबरपात्रोसँग भने, ‘जब हामी दुवै पार्टी (नेपाली काँग्रेस र नेकपा एमालेलाई सरकारमा सहयोग गर्छौं, हाम्रो पनि केही समय मुख्यमन्त्री पाउनुपर्ने अधिकार स्वभाविक हो । लुम्बिनी र मधेश प्रदेशमा हाम्रो उपस्थिति छ । दुवै प्रदेशको नेतृत्व आलोपालो हुनुपर्छ भन्ने प्रस्ताव हामी राख्छौं ।’

    पूर्व शिक्षामन्त्री तथा रुपन्देही–४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका शुक्लले सफलतापूर्वक सही तरिकाले प्रदेश सरकार चलाउने सक्ने व्यक्तिहरु लोसपामा रहेको दावी गरे । उनले भने, ‘प्रदेशको हित र विकासका लागि काम गर्न सक्ने योग्य व्यक्तिहरु हामीसँग हुनुहुन्छ । त्यसैले आलोपालो दुवै प्रदेशको नेतृत्व गर्न पाउनुपर्छ भन्ने प्रस्ताव हामी राख्न गइरहेका छौं ।’