२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमानविरुद्ध चारवटा उजुरी

मंगलवार , आषाढ १९, २०८१

  • 424
    Shares
  • 424
    Shares
  • काठमाडौं, १८ असार । निर्वाचन आयोगको आयुक्तमा सिफारिस हुनुभएका कृष्णमान प्रधानविरुद्ध चारवटा उजुरी परेको छ । 

    सिंहदरबारमा मंगलबार बसेको संसदीय सुनुवाई समिति बैठकमा प्रधानविरुद्ध चारवटा उजुरी परेको जानकारी दिइएको हो । उक्त उजुरीका सम्बन्धमा आगामी असार २० गते सुनुवाई हुने समिति सभापति पशुपतिशम्सेर जवराले जानकारी दिए ।

    बैठकले सुनुवाईका लागि प्रस्तावित कार्यतालिकालाई परिमार्जन सहित पारित गरिएको उनले बताए । संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो भने त्यसपछि समितिले प्रधानविरद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको थियो ।