२०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

लायन्स र लियोद्वारा रक्तदान, ९१ यूनिट रगत संकलन

सोमवार , आषाढ १८, २०८१

  • 904
    Shares
  • 904
    Shares
  • बुटवल, १७ असार ।
    लायन्स क्लब अफ बुटवल स्टार्स, लायन्स क्लब अफ बुटवल मेट्रोसिटी, लायन्स क्लब अफ डायनामिक लेडिज, लायन्स क्लब बुटवल संसार, लायन्स क्लब अफ बुटवल इलिट, लायन्स क्लब अफ तिलोत्तमा स्टार्स, लायन्स क्लब अफ बुटवल स्मार्ट सिटी, लायन्स र लियो क्लब बुटवल स्टार्सको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । 

    सोमबार बुटवल अमरपथस्थित रक्त संचार केद्रमा रक्त संचार बुटवलको प्राविधिक सहयोगमा रक्तदान गरेको छ । नवनिर्वाचित अध्यक्ष भुपेन्द्र अर्यालले पहिलो दिनमा रक्तदान गरेर सामाजीक कामको सुरुवात गरेका हुन । अब ९० दिनको अन्तरालमा रक्तदान गर्ने अर्यालले बताए ।
    कार्यक्रममा ९१ जनाले रक्तदान गरेका संयोजक दुर्गा आलेले जानकारी दिए ।  

    कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक पुरुषोतम भक्त प्रधानाङ्गले सामाजिक कार्यमा जोड दिन आग्रह गरे । उनले विगत वर्षहरुमा गर्दै आएका विभिन्न समयमा सामाजिक क्षेत्रमा महत्वपूर्ण र अनुकरणीय कामलाई निरन्तरता सेवा दिनुपर्ने बताए ।  

    कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का निवर्तमान गभर्नर अर्जुनमान सैजु, प्रथम भ्वाइस गभर्नर बालाराम भट्टराई, द्वितीय भाइस गभर्नर सन्दिप कसौधन, डिष्ट्रिक सचिव माधव खनाल, कोषाध्यक्ष प्रकाश श्रेष्ठ, जीएस.टी. कोडिनेटर आशिष कृष्ण श्रेष्ठ, जीएम कोडिनेटर एम.एल. पाण्डे, ए.ओ.जी. विनोद सुबेदी, एरिया ३ का चिफ शान्ति पाठक पाण्डे लगायतले बोलेका थिए ।

    त्यस्तै कार्यक्रममा लायन्स क्लब अफ बुटवल मेट्रो सिटीका अध्यक्ष गोपाल खरेल, लायन्स क्लब अफ बुटवल डायनामिक लेडिजका अध्यक्ष गीता पौडेल, लायन्स क्लब बुटवल संसारका अध्यक्ष बोम बहादुर थापा, लायन्स क्लब अफ बुटवल इलिट अरुण कुमार ज्ञवाली, लायन्स क्लब अफ बुटवल तिलोत्तमा स्टार्सका अध्यक्ष बिना पौडेल, लायन्स क्लब अफ बुटवल स्मार्ट सिटीका अध्यक्ष प्रकाश खनाल र लियो क्लब बुटवल स्टार्स अध्यक्ष विक्रम आचार्य  लगायत आफ्ना धारणा राखेका थिए ।