२०८३, बैशाख २३ गते

May 06 2026 | २०८३, बैशाख २३ गते

कार्यदलको बैठक सम्पन्न

आइतवार , आषाढ १७, २०८१

  • 973
    Shares
  • 973
    Shares
  • भैरहवा, १६ असार ।
    तातो हावाको लहर ‘लु’ कार्यदलको बैठक भैरहवामा सम्पन्न भएको छ । कार्यदलका संयोजक तथा सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता मुक्तिनाथ यादव (भोला) को अध्यक्षतामा भएको बैठकमा नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखाका अधिकृत कृष्ण मल्लले प्लान गरिएका कामहरु र हालसम्म भएका कार्यहरुको बारेमा प्रस्तुतीकरण गरेका थिए ।

    तातोहावा ‘लु’ बाट बच्न सकिने विभिन्न उपायका बारेमा बैठकमा छलफल भएको र बनेका योजना आगामी दिनमा पनि कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको हो । 

    कार्यदलका सदस्य सचिव यादव प्रसाद सापकोटाको सञ्चालनमा भएको बैठकमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष दामोदर शर्मा घिमिरे, सिद्धार्थनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गीता न्यौपाने पोखरेल, युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (युसीएमएस) का प्रशासन संयोजक तेज कुमार के.सी., नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण प्रमुख संजय मिश्रा, गैरसरकारी संस्था महासंघका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज गोविन्द प्रसाद रेग्मीलगायतका उपस्थिति रहेको थियो ।