२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

पीएलडीटीको १६ औं श्रृंखला पूरा, एसईई उत्तीर्ण विद्यार्थी पनि सहभागी

शनिवार , आषाढ १६, २०८१

  • 970
    Shares
  • 970
    Shares
  • भैरहवा, १५ असार ।
    चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही) सिद्धार्थनगर नगरपालिका–९ स्थित उदयपुरमा सञ्चालन हुँदै आएको प्रोभेसनल लिडरसीप डेभलपमेन्ट ट्रेनिङ (पीएलडीटी) को १६ औं श्रृंखला पूरा भएको छ । संगठनमा आबद्ध उद्योगी–व्यवसायीको क्षमता अभिवृद्धिका लागि प्रत्येक हप्ताको शुक्रबार तालिम सञ्चालन हुँदै आएको संगठनका सचिव तथा तालिम संयोजक गौतम कुमार गुप्ताले बताए । १६ औं श्रृंखलामा माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीहरुको पनि सहभागीता रहेको उनले जानकारी दिए ।

    कमला मरासिनीको अध्यक्षता, नेपाल क्यान्सर सहयोग समूहका केन्द्रीय अध्यक्ष दिलिप भट्टराईको प्रमुख आतिथ्यता, चेम्बर अफ कमर्स, रुपन्देहीका उद्योग उपाध्यक्ष राममिलन यादवको विशिष्ट आतिथ्यता, महासचिव लक्ष्मीको अधिकारीको आतिथ्यता तथा झबिन्द्र बेल्बासेको सञ्चालनमा तालिम सम्पन्न भएको १६ औं श्रृंखलाकी संयोजक पबि खनालले बताइन् ।

    कार्यक्रममा ४२ जनाको उपस्थिति रहेको संगठनले जनाएको छ । तालिममा प्रशिक्षक विजय पाण्डेले प्रशिक्षण दिदै आएका छन् ।