२०८३, बैशाख २६ गते

May 09 2026 | २०८३, बैशाख २६ गते

अनुसूचि २ मा रहेका ९ सहकारीको कागजात माग गर्ने संसदीय छानबिन समितिको निर्णय

बुधवार , आषाढ १३, २०८१

  • 691
    Shares
  • 691
    Shares
  • काठमाडों , १२ असार । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले अनुसूचि २ मा रहेका ९ वटा सहकारी संस्थाका कागजात माग गर्ने निर्णय गरेको छ ।

    मंगलवार सिंहदरबारमा बसेको सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले अनुसूचि २ मा रहेका ९ वटा सहकारी संस्थाहरुको कागजात माग गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समितिका सभापति सूर्यबहादुर थापाले अनुसूचि २ म रहेका आईडियल यमुना बहुउद्देश्यी संस्था, ईमेज वचत तथा ऋण सहकारी संस्था लि। सहारा वचत तथा ऋण सहकारी, समानता वचत तथा ऋण सहकारी, सानो पाइला वचत तथा ऋण सहकारी, सुप्रिम वचत तथा ऋण सहकारी, सूर्यदर्शन वचत तथा ऋण सहकारी, सुमेरू वचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी वचत तथा ऋण सहकारी संस्थाहरुको कागजात माग गरिएको बताए ।

    उनले समितिले ति सहकारीहरुको पछिल्लो साधारण सभाको प्रतिवेदन विवरण, लेखा परीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरीवेक्षण समिति र त्यसको  प्रतिवेदन, अन्य आवश्यक वित्तीय विवरणहरु माग गरेको बताए । त्यस्तै समितिले विभिन्न सहकारीमार्फत गोर्खा मिडिया नेटवर्कमा रकम प्रवाह भएको रकमको स्थिति समेत ६ वटा बुँदासहित ९ वटा सहकारीहरुको कागजात माग गर्ने निर्णय गरेको बताए । गोर्खा मिडिया नेटवक प्रा।लि।मा विभिन्न सहकारीबाट प्रवाह भएको रकमका सन्दर्भमा समितिको चासो केन्द्रित भएको बताए । कार्यादेशमा उल्लेख भएअनुसार समितिले काम अघि बढाइरहेको बताए। 

    उनले समितिले राजहाँसको भुमिका निर्वाह गर्नेगरी सहकारी ठगी प्रकरणमा तथ्य प्रमाण संकलन गर्ने बताए । समिति कसैलाई ढाकछोप गर्न र नियतवश फसाउन बनेको समिति नभएको बताए । समितिले सहकारी क्षेत्रका ज्ञाता पूर्वमन्त्री, सहकारी विकास बोर्डका तत्कालीन अध्यक्ष दीपकप्रकाश बाँस्कोटा र पूर्वमन्त्री सहकारी महासंघका पूर्वअध्यक्ष केशवप्रसाद बडालसँग पनि छलफल गरेको छ ।