२०८२, माघ २७ गते

Feb 10 2026 | २०८२, माघ २७ गते

मन्त्रीहरुले सिंहदरबाबाट निर्देशन दिने होइन, कार्यस्थल पुगेर गुनासो सुन्नुपर्छ : श्रममन्त्री अर्याल

बुधवार , आषाढ १३, २०८१

  • 970
    Shares
  • 970
    Shares
  • काठमाडौं, १२ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कर्मचारीमा उत्साह जगाउन कार्यस्थलमा गएर गुनासो सुन्न आवश्यक रहेको बताएका छन् ।

    बुधवार ताहचलस्थित श्रम विभागमा विभागबाट भइरहेका काम र कर्मचारीको अवस्थाको अनुगमनका क्रममा मन्त्री अर्यालले यस्तो बताएका छन्। उनले मन्त्रीहरुले मन्त्रालयमा बसेर निर्देशन दिने भन्दा पनि कार्यस्थलको अध्ययन र अनुगमन गरी कर्मचारीहरुलार्ई उत्साह जगाउन आवश्यक रहेको बताए । 

    उनले एक घण्टामा श्रम स्वीकृत गर्ने काम कार्यान्वयनमा ल्याएपछि विभागले सेवा ग्राहीलाई कसरी सेवा दिइरहेको विषयमा अनुगमन गर्न कार्यस्थलमा गएको बताए ।उनल एक घण्टामा श्रम स्वीकृत अनलाइनमार्फत हुने व्यवस्थाले श्रम विभागमा श्रम स्वीकृतिको लागि आउनेहरु मानिसहरु कमी देखिएको बताए। उनले श्रम विभागबाट हुने सेवामा सुधार भएसँगै सेवाग्राही विभागमा धाउनुपर्ने अवस्थाको अन्त्य भएको बताए।