२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

प्रधानमन्त्री प्रचण्डले नेपाल आइडल–५ का विजेता करणलाई दिए गितार

बुधवार , आषाढ १३, २०८१

  • 934
    Shares
  • 934
    Shares
  • काठमाडौं, १२ असार ।
    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल आइडल विजेता करण परियारलाई बधाई दिएका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री प्रचण्डले करणलाई बधाई दिएका हुन् । 

    उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले परियारलाई गितार उपहार दिएका थिए । प्रधानमन्त्री प्रचण्डले खेल र संगीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुखदुखमा आफू साथमै रहेको बताए ।

    करणको सांगीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मिहिनेत गर्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्रीसँगको भेटपछि करणले प्रधानमन्त्रीले भेट्न बोलाउँदा निकै खुसी लागेको बताए । उनले आफूले सांगीतिक क्षेत्रलाई निरन्तर अघि बढाउने पनि बताए ।