२०८३, श्रावण ३० गते

Aug 15 2026 | २०८३, श्रावण ३० गते

द आर्ट अफ लिभिङको बुटवलस्थित केन्द्रले मनायो अन्तर्राष्ट्रिय योग दिवस

शुक्रवार , आषाढ ८, २०८१

  • 901
    Shares
  • 901
    Shares
  • तिलोत्तमा, ७ असार ।
    द आर्ट अफ लिभिङ नेपालको बुटवलस्थित केन्द्रले योग, प्राणायाम र ध्यान गरी १० औं अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ । दिवसको अवसरमा शुक्रबार लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र राजमार्ग चौराहामा आयोजित कार्यक्रममा सो तालिम केन्द्रमा कार्यरत प्रहरी अधिकृत, प्रहरी जवान र अन्तर्राष्ट्रिय योग दिवसका साधक गरी ३ सय जनाको सहभागीता रहेको थियो । 

    कार्यक्रममा तालिम केन्द्रका समादेशक हिमालय कुमार श्रेष्ठ, द आर्ट अफ लिभिङ रुपन्देही जिल्ला समन्वय समिति संयोजक उज्ज्वल प्रसाद कसजु र सदस्य याम प्रसाद पोखरेलको उपस्थिति रहेको थियो । 

    कार्यक्रममा सहभागी सम्पूर्णलाई द आर्ट अफ लिभिङका प्रशिक्षक विजय श्रेष्ठले योगाभ्यास गराएका थिए । त्यस्तै प्रशिक्षकहरु बाबुराम ज्ञवाली, मनोज सापकोटा, उज्ज्वल खरेल, सृजना गिरी, लक्ष्मी श्रेष्ठ र सृजना गोदारले सहजीकरण गरेका थिए । 

    त्यसै गरी द आर्ट अफ लिभिङ भैरहवाले होटल सिद्धार्थ भिलासामा, राम जानकी योग साधना समूहले तिलोत्तमा नगरपालिका–८ को ज्योति आधारभूत विद्यालयमा, बुटवल चिडियाराम फेदी केन्द्रले बुटवल जेसीजको सहकर्यमा  चिडियाराम फेदी केन्द्रमा योग साधना गरी दिवस मनाएका थिए ।

    द आर्ट अफ लिभिङ जिल्ला समन्वय समितिका संयोजक उज्वल कसजुले आफूहरुले विभिन्न समयमा विभिन्न कार्यक्रमहरु गरेर सामाजिक सन्देश समेत फैलाइरहेको बताए । उनले योग अभ्यासले मानिसको जीवनमा निरोगितापनको विकास  गर्ने र आयु समेत बढाउने जनाए ।